स्वास्थ्य

सेतु बन्ध आसन

- लोकनाथ खनाल
 
विधि 
उत्तानो अर्थात् ढाडको बलमा सुत्ने । 
घुँडा मोडेर नितम्बको नजिक ल्याउने । 
कुर्कुचालाई हातले समाउने, नसके नजिक राख्ने । 
  श्वास भर्दै हातको बलमा नितम्बलाई माथि उठाउने ।
यसो गर्दा मेरुदण्ड राम्रोसँग तन्किनुपर्छ । 
१०–१५ सेकेन्ड रोकेर विस्तारै पुरानै अवस्थामा फर्कने । 
 
फाइदा 
मेरुदण्डलाई बलियो एवं लचिलो बनाउँछ । 
पाचन तन्त्र बलियो हुन्छ । 
यो आसनले पेट, थाइराइड तथा फोक्सोमा सकारात्मक प्रभाव पार्छ । 
दम, उच्च रक्तचाप तथा पिनासका रोगीलाई फाइदा हुन्छ । 
तनाव, चिन्ता एवं थकान हराउँछ । 
ढाड तथा टाउकाको पीडा कम हुन्छ । 
महिनावारीको गडबडीमा राहत मिल्छ । 
पिसाबसम्बन्धी समस्यामा लाभ हुन्छ ।
 
                                                                  योग प्रशिक्षक, 
                                                             पतञ्जली योग समिति
प्रकाशित: फाल्गुन ५, २०७४