Youtube वाच
राजनको पञ्चेबाजा
लोकगायक राजन ठकुरीको लय तथा शब्द सिर्जना रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायनका साथै मौलिक लय/शब्द सिर्जनामा ख्याती कमाएका ठकुरी लोक गीतका साथै सुगम संगीतमा पनि लागि परेका छन् । उनको लय सिर्जना रहेको ‘पञ्चेबाजा’बोलको गीत भने फणिन्द्र ठकुरी र पूर्णकला बिसीले गायका छन् ।
गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । शम्भू चालिसेको छायांकन रहेको उक्त म्यूजिक भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् । सज्जन हमालको निर्देशन रहेको म्यूजिक भिडियोमा विवश ठकुरी र बबिता श्रेष्ठले अभिनय गरेका छन् ।
पञ्चेबाजाको म्यूजिक भिडियो :