Youtube वाच
शिवको आँसुको अर्थ खोज्दै स्वस्तिमा र आकाश
नेपाली सुगम संगीतमा लोकप्रिय नाम हो– शिव परियार । उनले नेपाली सुगम संगीतमा कयौं हिट गीतहरु दिएका छन् । उनै शिव परियाले पछिल्लो समय गाएर चर्चित बन्दै गएको एक नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय लोकप्रिय बन्दै गएको ‘आँसुको अर्थ’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
‘शिवालय’ नामक एल्बममा समाबेश उक्त गीत सञ्चारकर्मी रवि अधिकारीले लेखेका हुन् । गीतमा टंक बुढाथोकिले संगीत गरेका छन् ।
निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता आकाश श्रेष्ठले अभिनय गरेका छन् । बुद्ध थापाले खिचेको म्यूजिक भिडियोलाई धमला बिकाशले सम्पदान गरेका छन् ।
आँसुको अर्थको म्यूजिक भिडियो :