कृषिमा जोड दिने । वर्षे बालीपछि बाँझो रहने जमिनमा तरकारी खेती लगाउने ।
गजराज सुवाल
युवा पलायन हाम्रो मात्र समस्या होइन, यो विकसित देशहरूको समेत समस्या हो । देशमा जन्मिएका नागरिकलाई जन्मदर्ता गर्दाको अवस्थादेखि नै राज्यको अर्थव्यवस्थाको मातहतमा रही भत्ताको व्यवस्था गर्ने । जब ऊ नागरिकता पाउन योग्य हुन्छ, राज्यको सुविधा प्राप्त गर्न अनिवार्य प्रत्यक्ष कर तिर्ने गरी कुनै काम गरेको हुनुपर्ने र उसकै आयकरका आधारमा ऊ बेरोजगार भए बेरोजगारी भत्ता दिने र बुढेसकालमा उसको जम्मा भएको करलाई राज्यले वृद्धभत्ता वा पेन्सनका रूपमा फिर्ता दिने कानुन कार्यान्वयन भए सबैजसो युवा देशभित्रै बस्न सक्छन् ।
मदन काफ्ले
युवा पलायन रोक्न देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । के हाम्रो देश अरूको देशमा पसिना बगाउन युवा उत्पादन गर्ने फ्याक्ट्री हो र ?
युरिकराज नेपाली
वर्षैंंदेखि बन्द भएका कल–कारखाना खोल्नुपर्छ । नयाँ प्रविधि भित्र्याउनुपर्छ । मजदुरको तलब थोरैमा १८ हजार बनाउनुपर्छ । सबै मजदुरको बिमा गरिनुपर्छ । यति भए नेपाली युवा विदेश जाँदैनन् ।
शम्भु थापा
युवा स्वरोजगारसम्बन्धी योजना अघि बढाउनुपर्छ । जलविद्युत्मा फड्को मार्नुपर्छ अनि नेपालको औद्योगीकरण गर्नुपर्छ ।
कल्याण
पहिलो कुरा त हामी युवाहरू हीन भावनाले ग्रसित हुनु हुँदैन । यो देशलाई हामी युवाको एकदम आवश्यकता छ । सरकारले देशमा गरिने जति पनि प्रकारका श्रम छन् सबैको सम्मान गर्नु जरुरी छ । त्यसैगरी उद्योगधन्दा खोल्नेहरूको सुरक्षा हुनुपर्यो । देशमा लगानी गर्नेले विश्वासका साथ गर्न सकून् । सरकारले युवाहरूलाई आधुनिक सीपमूलक तालिम दिनुपर्यो ।
कमल बस्नेत
युवाले हामी आफ्नै देशमा श्रम गर्छौं भन्ने सोच लिएर आफ्नै देशमा श्रम गर्न तत्पर हुनुपर्छ । हामी युवाहरू भन्नेको पछाडि होइन, गर्नेको पछाडि लाग्नुपर्छ । त्यसपछि युवाहरू आफैं विदेश पलायन हुनेछैनन् ।
खुम केसी
परिवार नियोजनलाई संवैधानिक बनाउनुपर्छ । न रहन्छ बाँस न बज्छ बाँसुरी ।
नारायण मिश्र
देशभित्रै केही गर्छु भनेर कृषि फार्म सञ्चालन गरेको एक वर्ष भयो, तर अब फेरि पलायनको बाटो छान्नुपर्ने बाध्यता पो सिर्जना हुँदैछ त ।
प्रभु गुरागार्इं
अहिलेको अवस्थामा देशले स्वरोजगारी सिर्जना तथा औद्योगिक क्रान्ति गरेर उनीहरूको विदेश पलायन रोक्ने सामथ्र्य राख्दैन वा चाहँदैन ।
विमल बराल
देश र जनतालाई माया गर्ने नेता हुनुपर्छ । देश र जनताको हितविपरीत गर्नेलाई सीधै सजाय दिने नेता चुन्नुपर्छ ।
विनोद भुजेल
प्रत्येक जिल्लामा उद्योग–धन्दा एवं व्यवसायिक कम्पनीहरू सन्चालन गर्ने वातावरण भए समाधान होला ।
नवराज
बन्द भएका पुराना कल–कारखाना सञ्चालनमा ल्याए केही हदसम्म नेपालमै रोजगारीको अवसर जुटाउन सकिन्छ ।
रूपेश शमशेर
म दिनको १ सय केजी माछा उत्पादन गर्छु । त्यसको बजार व्यवस्थापन गरिदेऊ । बजार भाउभन्दा ४० रुपैयाँ प्रतिकेजी सस्तो दिन्छु ।
ब्ल्याक ब्लड सिमाने