Youtube वाच

अमेरिकाबाट आयो अम्बिका गुरुङको मोहनी

- साप्ताहिक संवाददाता


लोकप्रिय गायिका ईन्दिरा जोशीको बिल्कुलै नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार अम्बिका गुरुङका रोमान्टिक शब्दहरुको उक्त गीतमा संगीतकार महेश ज्ञवालीको कर्णप्रिय संगीत समावेश छ । शैलेन्द्र बाबु प्रधानद्वारा संगीत संयोजन गरिएको उक्त गीत रेबल स्टुडियोमा रेकर्ड गरिएको हो ।

अमेरिकाका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन अमेरिकमै बसोबासगर्ने निर्देशक अनिशा के क्षेत्रीले गरेकी हुन् । भिडियोमा दीप गुरुङ तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन् । भिडियोमा दीपले प्रेमिकालाई वेवास्ता गर्ने भूमिका निर्वाह गरेका छन् भने सुनिक्षाले भने प्रेमिलाई फकाउने शैलीको अभिनय गरेकी छिन् ।

सुशिल न्यौपानेद्वारा सम्पादन गरिएको उक्त भिडियोलाई टकिज प्रो तथा रचना पाण्डे जाफरले छायांकन गरेका हुन् । मधु ज्ञवालीको संयोजनमा तयार पारिएको उक्त भिडियोलाई एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

मोहनीको म्युजिक भिडियो :

 

प्रकाशित: पुस १८, २०७४