चलचित्र

कृ को यति यति पानी...

- साप्ताहिक संवाददाता

 

ट्रेलरबाटै दर्शकको मन जितिसकेको चलचित्र कृ को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । यति यति पानी शीर्षकको उक्त क्लब गीतको भिडियो सार्वजनिक भएको पहिलो २४ घण्टामा झन्डै साढे छ लाख पटक हेरिएको छ ।

अभिनेता अनमोल केसीले दर्जनौं युवतीहरुसंग रमाइलो गर्दै नृत्य गरेको उक्त गीतमा अल्मोडा राना उप्रेती तथा मिस्टर आरजेको स्वर छ भने मिस्टर आरजेकै शब्द तथा संगीत छ ।

दरबारमार्गको क्लब डेजाभूमा छायांकन गरिएको उक्त भिडियोमा रेनशा वान्तवा राईको कोरियोग्राफी छ । पुरुषोत्तम प्रधानले उक्त भिडियो छायांकन गरेका हुन् ।

सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको कृलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । माघ २६ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया आदि कलाकारले अभिनय गरेका छन् ।

सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्मलाई सुरेन्ऽ पौडेलले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् ।

यस्तो छ भिडियो 

प्रकाशित: पुस १७, २०७४