केवल एक प्रश्न

नयाँ वर्ष २०१७ को पहिलो शुभकामना कसलाई दिन चाहनुहुन्छ ?

- साप्ताहिक संवाददाता


म सबैभन्दा पहिले आफ्ना दर्शक तथा श्रोताहरूलाई शुभकामना दिन चाहन्छु किनभने उहाँहरूबिना मेरो गायन यात्रा अपुरो हुन्छ ।
नविन खतिवडा, गायक

पहिलो शुभकामना मेरो छोरा काव्यन घिमिरेलाई किनभने आई लभ हिम ।  
दिपक घिमिरे, मोडल

न्यू इयर इभमा म साथीभाइहरूसँग बाहिर कतै हुन्छु । त्यसैले नयाँ वर्षको काउन्टडाउन सुरु हुनेबित्तिकै मेरो नजिक जो हुन्छ, उसैलाई पहिलो शुभकामना दिइन्छ । 
शिक्षा संग्रौला, मोडल

श्रीमती पूनम र छोरीलाई ।
अशिष गौतम सचिन, गायक

अहिलेसम्म जन्मदिनमा समेत उनलाई विस गरेको छैन । यो अंग्रेजी नयाँ वर्षमा चाहिँ उनैलाई पहिलो विस गर्ने योजना छ । 
विकास सुवेदी, निर्देशक

मेरा सबै शुभचिन्तकलाई एकैपटक फेसबुकमार्फत ।
रोशन प्रसाईं, विज्ञापन व्यवसायी

भगवान्लाई, किनभने उहाँले गर्दा नै म त्यो बिहान उठेको हुन्छु । म भोलिको प्रतीक्षामा हुन्छु, मात्र विश्वास आज र अहिलेको गर्छु ।
प्रकाश पौडेल, गायक

पहिलो शुभकामना सबैभन्दा नजिकका साथीहरूलाई दिन्छु, किनभने उनीहरू मेरो जीवनका महत्वपूर्ण मानिसहरू हुन् । उनीहरूले हरेक अवस्थामा मलाई साथ दिन्छन् ।
स्मिता थापा, मोडल

नयाँ वर्षको नयाँ दिन नयाँ किसिमले प्रारम्भ होस् भनेर म आफैंलाई पहिलो विस गर्छु । 
कृष्ण लामगाडे, व्यवसायी

मेरी श्रीमती चाँदनीलाई, किनभने उनीसँग नै हो मेरो बाँकी जीवन बित्ने ।
अजय पोखरेल अज्जु, व्यवसायी/अभिनेता

मेरा साथीभाइ, परिवारका सदस्य एवं प्रशंसकहरूलाई ।
जुना प्रसाईं, गायिका

हजुरहरू सबैलाई ।
रञ्जित कोइराला, अभिनेता

श्रीमती रीता सिंहलाई किनभने त्यो समयमा उनी नै मेरो साथमा हुन्छिन् । 
राजु सिंह, संगीतकार

मेरो बुबालाई । बुवा यसपटक बिरामी भएर भर्खरै निको हुनुभएको छ । अब उहाँको स्वास्थ्य राम्रो रहोस् भनेर कामना पनि गर्छु ।
अमिर गौतम, अभिनेता

सबैभन्दा पहिलो विस आफ्नी श्रीमतीलाई, त्यसपछि आफन्त अनि साथीभाइहरूलाई ।
मिलन चाम्स, निर्देशक

मेरो पहिलो शुभकामना तथा आशिर्वाद मेरी तीन वर्षीया नातीनी सिया (ईश्वरी प्रधानकी छोरी)लाई । उनीहरू अहिले अमेरिकामा छन् र म उनलाई हरपल मिस गरिरहेको छु । 
शम्भु प्रधान, निर्देशक 

म पहिलो विश मधेशका नेता राजेन्द्र महतोलाई गर्न चाहन्छु । म उहाँलाई सम्झाउन चाहन्छु कि हामी इस्वी संवत् २०१८ मा पुगिसकेका छौं अर्थात् २१ औं शताब्दीमा छौं । यो समयमा आइपुग्दा पनि १५औं शताब्दीको जस्तो जातीय वा साम्प्रदायिक राजनीति नगरी, देश एवं जनतालाई राजनैतिक स्थायित्व र समृद्धितर्फ लान हातेमालो गर्दै अघि बढ्ने सद्बुद्धि आओस् भन्न चाहन्छु । 
चन्दन अग्रवाल, व्यवसायी/पूर्व म्यानहन्ट

म आफ्नो पहिलो विस मेरी प्रेमिकालाई गर्न चाहन्छु, किनभने उनी मेरी प्रेमिका मात्र नभै मार्गदर्शक एवं सहयात्री समेत हुन् ।
तेञ्जिङ शेर्पा, इभेन्ट आयोजक

ऐनामा हेरेर आफैले आफैलाई, किनभने संसार स्वार्थी छ र सबै जना सबैभन्दा पहिले आफ्नै स्वार्थ पूरा होस् भन्ने चाहन्छन् ।
राजकुमार उप्रेती, द्वन्द्व निर्देशक

जसले मलाई पहिलो विश गर्छ, उसैलाई ।
उरुषा पाण्डे, मोडल

मेरो छोरालाई, ऊ र म सबैभन्दा बेस्ट फ्रेन्ड हौं ।
प्रवीण श्रेष्ठ, निर्देशक/सम्पादक

मेरो ब्वाइफ्रेन्डलाई, वर्ष २०१७ मा जे जस्तो गल्ती भयो, माफी देऊ भन्दै उसैलाई पहिलो शुभकामना दिन्छु ।
भावना गुरुङ, मोडल

छोरा आरोग्य बराललाई ।
यम बराल, गायक

आफैंलाई, मेरो उत्तरोत्तर उन्नति–प्रगति होस्, स्वस्थ र मस्त रहुँ, धनवृद्धि होस् ।
अमृत ढुंगाना, अभिनेता

मेरी जीवनसंगीनीलाई, किनभने उनीसँग मेरो गाढा माया छ ।
मिलन शंकर, अभिनेता

मुडमा डिपेन्ट हुन्छ ।
विशारद बस्नेत, अभिनेता/निर्देशक

 

प्रकाशित: पुस १७, २०७४