टिप्स

सेक्युरिटी @ नाइट लाइफ

- साप्ताहिक संवाददाता

ठमेल, झमेल, दरबारमार्ग, लाजिम्पाटजस्ता सीमित स्थानले मात्र काठमाडौंको नाइट लाइफको इज्जत जोगाएका छन् । यसमा पनि केही लाउन्ज बार, डिस्को र नाइट क्लबहरूमा मात्र सीमित छ— काठमाडौंको नाइट लाइफ । देशकै राजधानी भएर पनि काठमाडौंमा न त नाइट लाइफमैत्री वातावरण छ न त पूर्वाधार नै । यातायातको त सबैभन्दा ठूलो समस्या छ । 

सुरक्षाका दृष्टिकोणले भने काठमाडौंको नाइट लाइफलाई अनुशासित नै मानिन्छ । राति ट्याक्सीले हान्ने डेडी, नाइटक्लब र रेस्टुराँहरूमा ओभर ड्रङकहरूले निम्त्याउने विवाद, युवतीहरूमाथि हुने सेक्सुअल ह्यारेसमेण्ट, रेस्टुराँ, बार, क्लब तथा लाउन्जहरूले असुल्ने चर्को शुल्क नाइट लाइफका सबैभन्दा मुख्य तगाराका रूपमा देखिन्छन्, जसले हप्ताभरिको कामको तनावबाट रिफ्ररेसमेन्ट लिन नाइट लाइफको शरणमा पुग्नेहरूको मनोरञ्जनमा असर गरिरहेको हुन्छ । 

विविध समस्याका बाबजुद पनि काठमाडौंमा यही नाइट छ र विशेष अवसरहरूमा भने यो गुल्जार बन्छ । नयाँ वर्ष, क्रिसमस इभजस्ता अवसर पारेर तन्नेरीहरू नाइट लाइफको मस्ती लुट्न क्याफे, डान्सबार, क्लब तथा डिस्कोहरूमा जम्मा हुन्छन् र सकेसम्म उफ्रन्छन् । प्रहरी प्रशासनले पनि यस्ता अवसरमा विशेष सुरक्षा व्यवस्थाको प्रबन्ध गरेको हुन्छ । सुरक्षाकर्मी त छँदैछन् यस्ता अवसरमा आफैले पनि केही सुरक्षा सावधानी अपनाउन जरुरी हुन्छ । 

गरगहना तथा बहुमूल्य वस्तुहरू प्रयोग नगर्ने 

साथीहरूसँग हिँड्ने, एक्लै नहिँड्ने

सिसिटिभी क्यामेराको निगरानी भएका क्षेत्र प्रयोग गर्ने 

ओभर ड्रिंक्स नगर्ने

ड्रिंक्स गरेर सवारी साधन नचलाउने

पहिल्यै घर फर्कने यातायातको जोहो गर्ने 

विवाद र झै–झगडाबाट टाढै रहने

अँध्यारो स्थल अभोएड गर्ने

आफू चनाखो र सतर्क हुने

लहैलहैमा धेरै नहौसिने 

नाइट लाइफ कसरी सुखद् बनाउने भन्ने कुरामा ध्यान दिने 

घातक हातहतियार नबोक्ने 

लागूपदार्थको दुव्र्यसनबाट टाढै रहने 

कानुनले बर्जित गरेका कार्य नगर्ने
प्रकाशित: पुस १६, २०७४