Youtube वाच

बेलायतमा देश सम्झदै गायक अनिश पाण्डे

- साप्ताहिक संवाददाता

 

देश छाडेर परदेश पुगेपछि अधिकांशले देशलाई असाध्यै सम्झने गरेका छन् । स्वदेशमै रहदा नपोखिएको धेरैको देशभक्ति परभूमी पुगेपछि पग्लिने गरेको छ । गायक अनिश पाण्डेको मन पनि यति बेला देश सम्झिएर भक्कानिएको छ ।

कामको सिलसिलामा बेलायतमा रहेका उनले आफ्नो देश प्रेमलाई गीत मार्फत सार्वजनिक गरेका छन् । पाण्डेले राष्ट्रिय भावनाको गीत ‘मेरो नेपाल’को म्यूजिक भिडियो समेत सार्वजनिक गरेका छन् ।

‘मनदेखि मन’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत हुने गीत लिएर आएका हुन् । गीतमा भानु भट्टराईको शब्द छन् भने गायक स्वयमको संगीत छ । महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् ।

मेरो नेपालको म्यूजिक भिडियो 

 

 

प्रकाशित: मंसिर ४, २०७४