खेलकुद

फिफा बेस्ट प्लेयरको पार्टी

- साप्ताहिक संवाददाता


रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो पटक फिफाको बेस्ट प्लेयरको उपाधि हात पारे । उक्त पुरस्कारका लागि रोनाल्डोसँगै लियोनल मेस्सी तथा नेयमार पनि प्रतिस्पर्धामा थिए, तर त्यसमा रोनाल्डोले बाजी मार्दै आफूलाई विश्वकै उत्कृष्ट खेलाडी प्रमाणित गरे ।

पुरस्कार प्राप्त गरेपछि रोनाल्डोले आफ्ना क्लबका केही साथीभाइ तथा परिवारका सदस्यहरूलाई लन्डनस्थित नोभिकोभ रेस्टुराँमा पार्टी दिए, जसमा उनका आमा, बुबा, प्रेमिका तथा छोरा पनि सहभागी थिए । 

 

प्रकाशित: कार्तिक १७, २०७४