Youtube वाच
जानी नजानी फेरि पल र आँचलको जोडी
अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्माको जोडी चलचित्रमा हिट छ । उनीहरुको जोडीले विगतमा केही चलचित्रमा उत्कृष्ट अभिनय प्रस्तुत गरिसकेको छ । पछिल्लो समय मह सञ्चारको चलचित्र सत्रुगतेमा आवद्ध यो जोडिले अभिनय गरेको एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक राजेश लामाको स्वरको ‘जानी नजानी’ गीतको म्युजिक भिडियोमार्फत पल र आँचलको जोडि पुन: एक पटक दर्शक तथा स्रोतामाझ आएको हो । गायक राजेश लामाले विगतमा ‘नक्कली नानी...’ गीतबाट स्रोताका मन जितिसकेका छन् ।
विकास सुवेदीद्वारा निर्देशित उक्त गीतमा किशोर घिमिरेका शब्द तथा सुरज शाही ठकुरीका कर्णप्रिय संगीत सुन्न सकिन्छ । उदयराज पौडेलले उक्त गीतलाई संगीत संयोजन गरेका छन् । अनिल के मानन्धरद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।
जानी नजानीको म्युजिक भिडियो