अब हाम्रो पालो

दिदी–बहिनीहरूका लागि तिहारको सर्वोत्कृष्ट उपहार के हुन सक्छ ?

- साप्ताहिक संवाददाता


आईफोन नै सर्वोत्कृष्ट उपहार हुन सक्छ ।
- एस ठकुरी

आजभोलि खै कस्तो जमाना आयो ? मायाले न पुग्ने रै’छ । खल्ती खाली गर्नमै तल्लीन छन् सबै । अहिले त मायालाई कुनै महत्व नै दिइँदैन । रह्यो उपहारको कुरा, त्यो त क्षमतामा भर पर्ने कुरा हो । सके आईफोन–सात, नसके मायाले भरिपूर्ण आशीर्वाद । 
- रियाज

आ–आफ्नो गच्छेअनुसार जे–जस्ता कुरा दिनुहुन्छ त्यसमै खुसी हुनुपर्छ । दिदी–बहिनीका लागि योभन्दा ठूलो उपहार अरू केही हुनै सक्दैन । 
- सविता थापा

दाजुभाइलाई टीका लगाइदिएपछि दाजुभाइले आफ्नो गच्छेअनुसार दिने दक्षिणा नै सर्वोत्कृष्ट उपहार हो । 
-दीपक गुरुङ

दाजुभाइको दीर्घायुका लागि दिदी–बहिनीको सप्तरंगी टीका सबैभन्दा ठूलो उपहार हो भने दिदी–बहिनीलाई के गरेर वा दिएर खुसी राख्न सकिन्छ त्यही हो तिहारको उपहार ।
- ईश्वर शाही ठकुरी 

भाउजू ।
- अपरिचित व्यक्ति 

त्यस्तो उपहार जसले सधैं सम्झना दिलाइरहोस् ।
- मगर मास्की मीन

धन–सम्पत्ति, माया–प्रेम त उपन्यास र रंगमञ्चमा मात्र सीमित छ ।
- झापाली शेखर

आइफोन–७ ।
- दिया खड्का

आवश्यकताअनुसारको उपहार सही होला ।
- रमेश मगर

माया र सम्मान ।
- इन्द्र भण्डारी

मलाई त घडी राम्रो उपहार लाग्छ, जसले समयको प्रत्येक सेकेन्डको महत्व बुझाउँछ ।
- सुमित्रा भट्टराई

मेकअप किट अनि ब्युटी प्रोडक्ट ।
- मुखेनी

पहिले त आशीर्वाद अनि माया थियो, अहिले जमाना फेरियो । आईफोन, ल्यापटप, क्यामेरा यस्तै त होलान् ।
- समय अधिकारी

तिहारमा भाइको उपस्थितिभन्दा ठूलो उपहार के नै हुन्छ र ? 
- सन्तोष अधिकारी

पैसा थोरै दिए घोसेमुन्टो लगाएर हिँड्छन् अनि ६ महिना बोल्दैनन् । जसले जे भनून्, टन्न पैसाभन्दा ठूलो उपहार केही छैन ।
- युवराज

समय अनि आत्मीय कुराकानी । अरू चिज बेकार हुन् ।
- मोरी

मान्छे हेरेर हुन्छ । म त मेरा दिदीहरूलाई पुस्तक उपहार दिन्छु ।
- होमो सापियन्स 

सम्बन्धलाई प्रगाढ र दिगो राख्न स्नेह र यथाशक्य दक्षिणा ।
- एन न्यौपाने

यसपालिचाहिं आईफोन–८ ।
- सुहन

भाइलाई दिदीको टीका, दिदीलाई भाइको प्रेमपूर्ण व्यवहार— यही हो उपहार ।
- मिलन बोहरा

एक–अर्कालाई खुसी ।
- अशोक सुस्केरा

अहिलेको अवस्थामा नगद नै दिँदा बेस, जे चाहिन्छ त्यही किन्छन् ।
- उज्ज्वल श्रेष्ठ

आजभोलि त पैसा नै हो । 
- प्रभु, किरण तथा आरोहण थापा 

माया । 
- जीवनलेखी थारु, शर्मिला नेपाल तथा दीपक श्रेष्ठ 

सम्मान र माया ।
- राजकुमार न्यौपाने

आईफोन–८ प्लस ।
- नवीन पन्त, समर्पण सन्देश

भाइको उपस्थिति । 
- सुदीप पुन

मीठो मुस्कान । 
- सन्दीप दाहाल

आईफोन । 
- एस ठकुरी

आवश्यकताअनुसारको उपहार सही होला । 
- रमेश मगर

आदर, माया, सम्मान तथा मीठो बोली ।
 - रमेश भट्टराई

खाममा ५ रुपैयाँ अनि एक–दुई किलो स्याउ ।
- कान्छा पौडेल

 

प्रकाशित: कार्तिक ३, २०७४