टिप्स

पटाका पड्काउँदा

- साप्ताहिक संवाददाता
 
तिहारलाई उल्लासमय तथा रमाइलो बनाउन पटाका पड्काइन्छ । 
 
धेरै धूवाँ भएको पटाकाले वातावरण प्रदुषित गरी फोक्सोमा संक्रमण, ह्दयाघातका साथै क्यान्सरसमेत निम्त्याउन सक्छ । 
 
पटाका पड्काउँदा आगलागी हुनुका साथै पड्काउने मानिसलाई समेत क्षति पुग्न सक्छ । यसमा विशेष सावधानी अपनाउनुपर्छ । 
 
चाडपर्वका बेला बालबालिका पटाका पड्काउन निकै अग्रसर हुन्छन् । उनीहरूलाई कम धूवाँ आउने तथा इको फ्रेन्ड्ली पटाका दिनुपर्छ ।
 
पटाका पड्काउँदा सुतीका पहिरन लगाउनुपर्छ । चाँडै आगो समात्ने नाइलन, सिफन, सिल्क आदिका कपडाबाट टाढै रहनुपर्छ ।
 
इयर प्लग्स लगाएर पटाका पड्काए त्यसबाट निस्कने तिखो आवाजबाट कानलाई जोगाउन सकिन्छ । 
 
इलेक्ट्रिक तार, ग्यास सिलिन्डर तथा आगो टिप्ने सामान भएका स्थानमा पटाका पड्काउनु हुँदैन ।
 
भीड भएको स्थान तथा सवारी साधनको नजिक पटाका पड्काउनु हँुदैन । 
प्रकाशित: आश्विन ३०, २०७४