पहिलो विश्व

सर्वाधिक बियर बोक्ने

- एजेन्सी


जर्मनीमा बर्सेनि अक्टोबर फेस्टको आयोजना हुन्छ । विश्वभर छरिएका बियरका पारखीहरूले पनि आ–आफ्नो ठाउँबाटै यो महोत्सव मनाउँछन् । अझ अक्टोबर फेस्टको जननी स्थान जर्मनीको बाभरियाले त यो महोत्सव मनाउन महिनौंदेखि तयारी गर्छ ।

अक्टोबर फेस्टप्रतिको आकर्षण बढाउन बाभरियामा हालै बियर भरिएको सर्वाधिक मग लिएर नपोखी हिँड्नुपर्ने प्रतियोगिता सञ्चालन भएको थियो । सन् २०१४ मा जर्मनीकै म्युनिखमा सञ्चालित बियर बोक्ने प्रतियोगितामा ओलिभर स्टुम्फेलले दुई लिटर बियर अट्ने २५ वटा मग बोकेर केही कदम हिँडी कीर्तिमान कायम गरेका थिए ।

यसपटक ओलिभरले ३१ वटा मग बोकेर ४० मिटरको दूरी पार गर्ने लक्ष्य लिएका थिए । पछिल्ला आठ महिनादेखि त्यसकै अभ्यास गर्दै आएका ओलिभरले २९ वटा मग बोकेर निर्धारित दूरी पूरा गरी आफ्नै कीर्तिमान भंग गरे ।  

 

प्रकाशित: आश्विन २२, २०७४