टिप्स

यात्रा गर्दा निम्न कुरमा ध्यान दिनुहोस्

- साप्ताहिक संवाददाता
 
 
धेरैले चाडपर्वलाई थप स्मरणीय तथा रोमाञ्चक बनाउन घुमघामको योजना बनाएका हुन्छन् । 
 
घुमघाममा निस्कनुअघि नै टिकट, खानपान तथा बसाइको व्यवस्था निश्चित गर्नुपर्छ ।
 
जान लागेको ठाउँका बारेमा आवश्यक जानकारी राख्नुपर्छ । 
 
सजिलो तथा सहज यात्राका लागि धेरै सामान बोक्नु हुँदैन ।
 
अत्यावश्यक सामान तथा औषधी लान बिर्सनु हुँदैन । जीवनजल, सिटामोल जस्ता औषधी साथमा राख्नुपर्छ ।
 
क्यामेरा तथा मोबाइलका लागि पावर बैंक बोक्न सकिन्छ ।
प्रकाशित: आश्विन ५, २०७४