चलचित्र

पल र आँचलको जोनी जेन्टलम्यान

- साप्ताहिक संवाददाता


निर्देशक : नितिन चन्द संगीत : अर्जुन पोखरेल, हर्कुलस बस्नेत, ब्रिजेश श्रेष्ठ तथा स्वचित शाक्य कलाकार : पल शाह, आँचल शर्मा, विकास जोशी, जाइना कुँवर, सन्तोष सिलवाल गिरी आदि । 

म यस्तो गीत गाउँछुको सफलता पछि अभिनेता पल शाहको चर्चा चुलिएको छ । नाइ नभन्नु ल चारबाट पलसँगै डेब्यु गरेकी आँचल शर्मा फेरी एकपटक पलसँग केमेस्ट्रि मिलाउँदै पर्दामा आएकी छिन् ।

आज शुक्रबार प्रदर्शनमा आउने चलचित्र जोनी जेन्टलम्यानमा जोनीको भूमिकामा देखिएका पल र श्रीको भूमिकामा रहेकी आँचलबीचको प्रेममा जोनीको अपराधिक कर्मको पृष्ठभूमि बाधाका रूपमा देखापर्छ जोनी ती सबै बाधा पन्छाएर आफ्नो प्रेम सफल बनाउने बाटोमा लाग्छन् ।

युट्युबका लागि दर्जनौं म्युजिक भिडियो तथा लघु चलचित्र निर्माण गरेर चर्चा कमाएका निर्देशक नितिन चन्दले निर्देशन गरेको चलचित्र जोनी जेन्टलम्यानको गीत–संगीत बलियो पक्ष भएको बताइन्छ ।  

 

प्रकाशित: भाद्र ३०, २०७४