विशेष

संसारका सबैभन्दा स्ट्रङ्ग १० बियर

- साप्ताहिक संवाददाता


ब्रिउमिस्टर स्नेक भेनोम
६७ दशमलव ५ प्रतिशत 
सन् २०१३ मा ब्रिउमिस्टरले सबैभन्दा कडा बियर आर्मागेडोनलाई पाइपलाइनबाट हटाएर भेनोमलाई बजारमा उतार्‍यो । यसको कुनै एउटा बोतल कडा मदिराको १५ सट बराबर हुन्छ । कम्पनीले यो बियर ३५ एमएलभन्दा बढी सेवन नगर्नसमेत भनेको छ । यसको एक बोतलको मूल्य ५४ दशमलव ९९ पाउन्ड पर्छ ।

ब्रिउमिस्टर आर्मागेडोन 
६५ प्रतिशत
स्कटल्यान्डको मदिरा कम्पनी ब्रिउमिस्टरले सन् २०२० मा आर्मागेडोन (६५ प्रतिशत अल्कोहल) बियर बनाएर संसारकै सबैभन्दा कडा बियर बजारमा ल्याउने दाबी गरेको छ । प्रयोगशालामा टेस्ट गर्दा यसमा शुद्ध मदिरा प्रयोग गरिएको कुरा पत्ता लागेको थियो । 

कोयल्सचिप
६० प्रतिशत 
डच मदिरा कम्पनी कोयल्सचिपले पनि कडा बियर बनाउँछ । कोयल्सचिपको शाब्दिक अर्थ ‘द रेफ्रिजिरेटिङ सिप’ हुन्छ । कम्पनीले ६० प्रतिशत एबीभी मात्रा भएको बियरलाई ‘द कोयल्सचिप स्टार्ट द फ्युचर’ नाम दिएको छ । निकै महँगो मूल्यमा बजारमा उतारिएको यो बियरको पनि सीमित बोतल मात्र उत्पादन गरिएको छ । 

स्कोर्चबके
५७ प्रतिशत
सन् २०१० मा आएको स्कोर्चबक ४३ प्रतिशतलाई अपडेट गर्दै सन् २०११ मा स्कोर्चबक ५७ प्रतिशतलाई बजारमा उतारिएको हो । २ सय युरोको यो बियर सुरुमा ३६ बोतल तयार पारिएको थियो । 

ब्रिउडग द एन्ड अफ द हिस्ट्री
५५ प्रतिशत
ब्रिउडग ५५ प्रतिशतले ब्लन्ड बेल्जियम अलेसँगै कडा बियरमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । ब्रिउडगले यसको विवादास्पद भिडियो पनि ल्याएको छ । सन् २०१० मा यसको १२ वटा बोतल तयार गरिएको थियो भने सन् २०१६ मा पनि यसका केही थप बोतल तयार पारिएका थिए ।

बिस्मार्क
४१ प्रतिशत
यो बियर सन् २०१० मा बजारमा आएको हो । यसको नाम जर्मनीका पूर्वशासकको नाममा राखिएको हो । कम्पनीले यसलाई चौगुना प्रभावकारी बताएको छ । ४१ प्रतिशत अल्कोहलयुक्त यो एक बोतल बियरको मूल्य १ सय युरो पर्छ, जुन अन्य बियरको तुलनामा ४० गुना बढी हो । 

स्कोर्चबक
४० प्रतिशत 
जर्मनीमा तयार हुने स्कोर्चबक संसारका सबैभन्दा कडा बियरहरूमा पर्छ । यसले कडा बियरमध्ये ब्रिउडगलाई टक्कर दिन्छ । स्कोर्चबकको ३१ प्रतिशत अल्कोहलयुक्त बियरलाई लिएर पनि निकै ठूलो तहल्का मच्चिएको थियो । स्कोर्चबकले सन् २००९ मा ४० प्रतिशत अल्कोहलयुक्त ब्रिउडगलाई पछाडि छाडिदियो । 

स्ट्रस ब्ल्याक ड्यामनेसन
३९ प्रतिशत 
स्ट्रुुस ब्ल्याक ड्यामनेसन बेल्जियममा तयार हुन्छ । यसको सिरिजमा चौथो—मेसी ३९ प्रतिशत अल्कोहल भोल्युम निकै कडा मानिन्छ । यद्यपि यसलाई अहिलेसम्म कमर्सियल रूपमा बजारमा पठाइएको छैन । यसको स्वाद चाख्ने मानिसहरू यसलाई असली बियरकै रूपमा लिन्छन् । 

ब्रिउडग ट्याक्टिकल न्युक्लियर पेन्गुइन
३२ प्रतिशत
स्कटल्यान्डको एक ब्रुअरी कम्पनीले बनाइरहेको यो बियरले पछिल्ला केही वर्षमा रेकर्ड बनाउँदै आएको छ । सन् २००९ मा लन्च भएको यो बियर संसारकै सबैभन्दा कडा बियर मानिन्छ । यसलाई बनाउनेहरू मान्छन् कि यसको आनन्द ह्विस्कीजस्तै थोरै समयमै लिन सकिन्छ । 

स्यामुअल एडम्स युटोपियास
२८ प्रतिशत
यो बियर २२ वर्ष वा त्योभन्दा बढी उमेरका लागि तयार पारिन्छ । बोस्टनको बियर कम्पनी स्यामुअल एडम्सले हरेक दुई वर्षमा आफ्नो यो कडा बियरको खेप बजारमा उतार्छ । २ सय डलरमा उपलब्ध हुने यो बियर अमेरिकाको सबैभन्दा महँगो बियर हो ।  

प्रकाशित: भाद्र १५, २०७४