Youtube वाच

दशैंमा परदेशीको पीडा

- साप्ताहिक संवाददाता


नेपालीहरुको महान पर्व दशैं तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वारमा ‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।

सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा प्रदेशमा रहेका युवाहरु र घरदेशमा रहेको परिवारको कथालाई समावेश गरेर उक्त गीत निर्माण गरिएको हो ।

‘म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार गणेश चौलागाइले गरेका हुन् भने गायक बिरही कार्कीको लय सिर्जना गरेका हुन् ।

गीको म्युजिक भिडियोमा भने कुमार केसीको निर्देशनमा नायिका तथा मोडल रन्जिता गुरुङ र महेन्द्र गौतमले अभिनय गरेका छन् । रन्जिता र महेन्द्रलाई बालकलाकार बिशाल कार्की र हिमानी कार्कीले अभिनयमा साथ दिएका छन् ।

गीतमा आफू मुग्लानमा हुँदा पाएको दु:ख, मुग्लान जाँदा साहुसँग लिएको ऋण फिर्ता गर्न नसकेको पिडा प्रस्तुत गरिएको छ । 

म छु यता मुग्लानमाको म्यूजिक भिडियो 

 

प्रकाशित: भाद्र १२, २०७४