Youtube वाच

रञ्जनको अंगालोमा नम्रता

- साप्ताहिक संवाददाता

 

गायक शरद ढुंगेलको पहिलो एल्बम ‘प्रतिध्वनी’मा समावेश रहेको ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ५ वटा गीत समावेश भएको एल्बमको काठमाण्डौंमा आयोजित एक कार्यक्रममा गीतकार डाक्टर कृष्णहरि बरालले विमोचन गरेका थिए ।

एल्बममा समावेश ५ वटा गीत मध्ये २ वटा गीतको भिडियो पनि तयार भैसकेको छ । यो एल्बममा समावेश सबै गीतमा हेमन्त ढुंगेलको शब्द छ ।

सार्वजनिक भएको भिडियोमा मोडलद्धय रञ्जन रिमाल र नम्रता योगीले मोडलिङ गरेका छन् । निशान घिमिरेले सम्पादन गरेको भिडियोमा उत्सव दाहालको छायांकन छ । यूवराज वाइवाले भिडियोको निर्देशन गरेका हुन् । 

तिमी बिनाको म्यूजिक भिडियो :

प्रकाशित: श्रावण ३१, २०७४