मनोरञ्जन
विपुलले स्विकारे गल्ती
पुराना गायक गंगा वरदानले नेपालीभाषी गायक विपुल क्षेत्रीमाथि लगाएको आरोप पुष्टि भएको छ । ‘कहाँमा काट्यो बेतको लौरी’ गीत चोरीको आरोप लागेपछि कालिम्पोङमा गायक विपुल क्षेत्रीले गंगा वरदानसँग हालै एउटा भेटघाट गरेका थिए ।
भेटसँगै विपुलले वान एन्ड वन्ली गंगा दाइसँग भन्दै तस्बिरसहित स्टाटससमेत लेखेका छन्, ‘उहाँको कालिम्पोङ यात्रा र लोकसंगीतबारे चर्चाका साथमा उहाँसँगको प्रिय भेट । उहाँले हाम्रो सहरबारे लेख्नुभएको धुन पनि सुन्न पायौँ । त्यस्तै उहाँको गीत कहाँमा काट्योको कथा पनि ।’
विपुलले वरदानसँग भेटेर आपसमा बाहिर देखिएजस्तो तिक्तता नरहेकोसन्देश मात्र दिएका छैनन्, कहाँमा काट्यो बेतको लौरी गीत गंगा वरदानकै भएको स्वीकार पनि गरेका छन् ।