साहित्य
रात बेच्न रोक्यौ किन ?
डुबाएर मेरो धन्दा मुटुभित्रै टोक्यौ किन
उज्यालो त कहाँ बिक्छ रात बेच्न रोक्यौ किन ?
मात लाग्थ्यो जिन्दगीको मैनबत्ती जलेसरि
देश गुना भेष हुन्छ सदाचार खोक्यौ किन ?
पर्खिरा’थें मलाई बोक्ने हिम्मतिलो काँध यहाँ
जोरी खोज्दै फेरि आज गोर्खेलौरी ठोक्यौ किन ?
दलाली चै नभन है अड्डा, छापा किनेको छु
अँध्यारोको सिन्डिकेटमा मूल्य आफैं तोक्यौ किन
गाह्रो भयो बाँच्न अब लुटको राज सकिएछ
‘कुलमान’ सधैं तिम्ले इमान यो बोक्यौ किन ?
त्रिपुरासुन्दरी गाउँपालिका– ७, धादिङ