बलिउड

हसनको घरमा आगलागी

- एजेन्सी

 


तमिल सुपरस्टार कमल हसनको घरमा गत शनिबार आगो लाग्दा उनी मुस्किलले बचेको खबर सार्वजनिक भएको छ । घटनापछि ट्वीट गर्दै हसनले आफू सुरक्षित रहेको जानकारी दिएका थिए । ट्वीटमा हसनले भनेका छन्— ‘मेरा कर्मचारीहरूलाई धन्यवाद, घरमा लागेको आगोबाट जोगिन सफल भएँ म । फोक्सोमा धूवाँ भरिएको छ । मलाई तेस्रो तल्लाबाट भुइँसम्म आउन निकै गाह्रो भयो । यद्यपि म अहिले ठीक छु ।’ हसनले आगो लाग्नुको कारण भने बताएका छैनन् । 

 

प्रकाशित: वैशाख ५, २०७४