ग्यालरी
प्रदर्शनीमा सविता र इशान
सविता डंगोल तथा इशान परियारका चित्रहरूको प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सम्पन्न भएको छ । भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा आयोजित कलाकार दम्पतीको उक्त प्रदर्शनीमा प्रेमको विषय नै समेटिएको थियो । ‘सबलाइम कन्जुगेसन’ शीर्षकको उक्त प्रदर्शनीभन्दा अघि यो जोडीले विभिन्न देशमा चित्र प्रदर्शनी गरिसकेका थिए ।