पुस्तक

रिकुटे

- साप्ताहिक संवाददाता

 

बीपी कोइराला प्रधानमन्त्री छँदा उनकै मन्त्रीमण्डलमा थिए, देवानसिंह राई । उनै देवानसिंहले सुन्दरीजल बन्दीगृहमा बस्दा लेखेको उपन्यास हो— रिकुटे । सन् १९३९–४५ बीच चलेको दोस्रो विश्वयुद्धका बेला गोर्खा सैनिकका रूपमा लडेका राईले यो उपन्यासमा लाहुरे जीवनका विविध पाटा उधिनेका छन् ।

 

नेपाली महिलाहरूको दयनीय अवस्था, युद्धको मोर्चामा खटिने पुरुषहरूको भाग्य आदि खोतल्ने प्रयास यो पुस्तकमा भएको छ । लाहुरे जीवनको नालीबेली समेटिएको यो उपन्यासलाई शिखा बुक्सले बजारमा ल्याएको हो । २ सय ७९ पृष्ठ लामो उपन्यास रिकुटेको मूल्य २ सय ७३ रुपैयाँ छ ।

प्रकाशित: पुस ७, २०७३