Youtube वाच

हिरा सम्झिएर मायालुलाई मुटुमा सजाउदा धोका खाए पुष्पले

- साप्ताहिक संवाददाता

 

वारिमा खोला पारिमा खोला बिचैमा दोभान बोलको गीत मार्फत नव गायक साजन आलेले गायनमा डेब्यु गरेका छन् । छैठौँ बिग आइकनको उपाधि जित्न सफल नव गायक साजन आलेलाई  हौसला दिँदै आफ्नो गीतका माध्यमबाट गायक तुला पर्वतले गायनमा डेब्यु गराएका हुन्  । 

जसमा   तुला पर्वतको संगीत , ध्रुर्व प्रसाद अमगाईका शब्द समावेश छन् । मोहनराज अधिकारीले भिडियोलाई सुन्दर र सरल तरिकाले निर्देशन गरेका छन् । भिडियोमा अहिलेका चर्चित मोडल पुष्प खड्का र श्रीषा कुवरको अनस्क्रिन रोमान्सलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । 

आफ्नो मायालुलाई हिरा सम्झिएर मुटुमा सजाउदा उसबाट पाएको पिडालाई निकै मार्मिक रुपमा भिडियोमा उतारिएको छ । 

भिडियो : 

प्रकाशित: पुस ३, २०७३