मेरो अनुभव

हसनरजाको ग्याङ

- साप्ताहिक संवाददाता

 

हसनरजा खान, नायक

तपाईंको ग्याङमा अहिले को–को छन् ?
नायक संजोग कोइराला, नायिका वर्षा राउत, नायिका तथा मोडल ओसिमा बानु, मोडलद्वय निराजन प्रधान र विनोद न्यौपाने एवं व्यवसायी अमृत अग्रवाल ।

 

किन छन् उनीहरू तपाईंसँग नजिक ?
सेलिब्रेटीका साथै व्यवसायी पनि भएकाले संजोगसँग निकै सरसल्लाह गर्छु । ओसिमा मेरो छायांकनरत चलचित्र ‘रोमियो’की नायिका हुन् । वर्षा, निराजन तथा विनोदसँग चाहिँ ख्याल ठट्टा भैरहन्छ । अमृतसँग व्यापारका विषयमा सल्लाह लिन्छु । 

 

उनीहरूको कुनै बानी त मन पर्दैन होला नि ?
संजोग व्यवसायमै व्यस्त छ, चाहिएको बेला भेट हुनै गाह्रो । ओसिमासँग खासै गुनासो छैन । वर्षा, निराजन र विनोदसँगको भेटमा मेरो बोली नै बन्द हुन्छ । उनीहरू नै बोलिरहन्छन् । अमृतचाहिँ हत्तपत्त खुलेर कुरा गर्दैनन् । 

 

पुरानो ग्याङ कस्ता थिए ?
नायक आर्यन सिग्देल, मोडल आयुष्मा श्रेष्ठहरू थिए । हामी हरदम साथै हुन्थ्यौं । रियल्ली मिस दोज डेज। 


अहिले छैनन् ?
आर्यनसँग कुरै हुँदैन, खासै सम्बन्ध बिग्रिएको पनि होइन । आयुष्मा विदेशमा छिन् । 

 

ग्याङमा हुनै पर्ने तर छुटेको कोही छ ?
नाम वकिल मियाँ भए पनि पेसाले वकिल होइनन्, उनी मेरा पहिलेदेखिका मित्र हुन् । 

 

ग्याङमा नभए पनि एकदमै मिल्ने ?
मोडल तथा व्यवसायी अज्जु अर्थात् अजय पोखरेल । ऊ अल द टाइम मेरो ग्याङमा नभए पनि नजिक छ। 


हालै ग्याङमा सामेल कुनै सेलिब्रेटी महिला ?
निशा अधिकारी, उनी ‘रोमियो’की नायिका पनि हुन् । 

प्रकाशित: मंसिर २७, २०७३