मनोरञ्जन समाचार

हतार छैन दिनेशलाई

- साप्ताहिक संवाददाता

 

निर्देशक दिनेश राउत कहिल्यै हतारमा हुँदैनन् । न त उनी कुनै काम गर्न हतार गर्छन्, न त हतार–हतार कुनै काम नै सम्पन्न गर्छन् । हरेक काममा धैर्यधारण तथा प्रतीक्षा गर्न सक्नु दिनेशका दुई महत्वपूर्ण खुबी हुन् जसलाई उनी चलचित्रको निर्देशनमा समेत प्रयोग गरिरहेका हुन्छन् ।

 

चार वर्षअघि ‘आई एम सरी’ निर्देशन गरेर चलचित्रको मूलधारमा सक्रिय दिनेशले दोस्रो चलचित्र ‘नोभेम्बर रेन’ निर्देशन गर्न दुई वर्ष लगाए । त्यसको दुई वर्षपछि उनले ‘क्लासिक’ तयार पारे । 


नोभेम्बर रेनबाटै उत्कृष्ट निर्देशकको पुरस्कार जितेका दिनेशले भर्खरै मात्र एनएफडिसी चलचित्र एवार्डमा ‘क्लासिक’ बाट सर्वोत्कृष्ट निर्देशकको एवार्ड जिते । पुराना निर्देशक प्रकाश थापाको नाम जोडिएको ‘प्रकाश सर्वोत्कृष्ट निर्देशक’ को एवार्ड जितेपछि दिनेशले भने— ‘यतिबेला म नयाँ चलचित्रको लेखनमा सक्रिय छु, जुन तयार भएर दर्शकमाझ आउन कम्तीमा दुई वर्ष लाग्नेछ ।’ दिनेशको यो भनाइबाट के अनुमान लगाउन सकिन्छ भने उनी धैर्यतापूर्वक काम गर्न रुचाउँछन् अनि जे काम गर्छन् त्यसले दर्शकको मन छुन्छ । 

 

प्रकाशित: आश्विन २४, २०७३