अब हाम्रो पालो

दसैं कसरी मनाउने योजनामा हुनुहुन्छ ?

- साप्ताहिक संवाददाता

 

बाटो डरलाग्दो छ । वर्षा रोकिएको छैन । थोत्रो गाडीको छतमा कोचिएर जानु छ । ज्यूँदै गाउँ पुगिएछ भने मृत्यु जितेको खुसी मिसाएर मनाउँला ।
छिचिमिरो


यो दसैं अरू वर्षभन्दा केही फरक रहनेछ । पोहोर साल हजुरआमाले दिनुभएको आशीर्वादको निकै सम्झना आउनेछ, उहाँको देहावसानको शोकमा ।
मेलिना श्रेष्ठ


खै हौ दसैं नि आजकल वास्तै हुन्न, केटाकेटी छँदा पो रमाइलो हुन्थ्यो ।
येइन्सा नेम्बाङ


जिन्दगीमा सधैं रमाइलो हँुदैन, तसर्थ यो दसैं अरू कुरा भुलेर मनाउने मन छ । 
युवराज रेग्मी


स्कुलका साथीहरूसँग भेट्ने योजना छ । 
युवा जिना


टीका–जमरा लाएर, सेल–रोटी खाएर तथा मान्यजनको आशीर्वाद लिएर रमाइलोसँग मनाउने विचार छ ।
निर्मल खनाल


आफ्नै जन्मस्थानमा आमाबाबु एवं मान्यजनहरूको हातबाट टीका लगाई रमाइलो गरी मनाउने योजनामा छु ।
कुर्घेली कृष्ण


धेरै वर्षपछि गाउँ जाँदै छु । पुराना साथीहरूसँग रमाइलो गर्ने योजना छ । रोटेपिङ पनि खेलिन्छ ।

हुन नसकेको पत्रकार 

 

खेतमा धान झुलिसक्यो, फूलपातीमा धान काट्न गइन्छ ।
सन्तोष घाप्पा


नयाँ कपडा, मीठो खाना, रातो टीका अनि जमरा र पिङ । देवीको अशीर्वाद थाप्ने त छँदै छ ।


प्रतीक रवीन्द्र

इष्टमित्रसँग भेट्घाट गरी रमाइलो गर्ने योजना छ ।
फरिस्ता न्यौपाने


नयाँ लुगा–टीका लगाउने, पैसो कमाउने, आशीर्वाद थाप्ने, पिङ खेल्ने, मामाघर जाने, फोटो खिच्ने ।
श्रवण

 

सबै दु:ख, पीर भुलेर खुसी र उमंगका साथ भव्य रमाइलो गर्ने विचार छ ।
हिमाल पुरी


प्रवासीलाई त ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भने जस्तो मात्र हुन्छ । 
जिज्ञासु


मान्यजनकहाँ टीका लगाई आशीर्वाद लिने, साथीभाइहरूसँग घुमघाम गर्ने, कम खर्चिलो तरिकाले मनाउने ।
गणेश घिमिरे


नयाँ नाना, जुत्ता आदि किन्ने, चिची–माम खाने, पिङ खेल्ने, टीका लाउने ।
मोनिका


यसपालि स्कुटी किनिदिँदै छन् घरकाले । आफूलाई त त्यसै दसंै ला’छ हेर्नुस् । 
मनु

 

साथीभाइ–इष्टमित्रहरूसँग भेट्घाट गरी रमाइलो गर्ने योजना छ ।
दिवस तामाङ


एउटा साहित्यिक कृतिलाई जन्म दिने सोच छ । 
महेन्द्र विष्ट


पीङ खेलेर, मासु खाएर, मान्यजनको हातबाट टीका लगाएर, आशीर्वाद थापेर । मामाघर जाने अनि तास पनि खेल्ने योजना छ । 
अन्तिम 


दसैं हैन, दशा हो । शोक मनाइन्छ अब ।
पहाडी सामन्ती बाहुन


साथीहरूसँग तास, लुडो, क्यारिमबोर्ड आदि खेलेर मस्ती गरिन्छ । बेलुकातिर सबै जना मिलेर कुखुराको साँप्रोसँगै चुस्की लगाइन्छ । 
शंकर


घर–परिवारसँगै बसेर मीठो–मसिनो खाने, चन्द्रागिरि केबलकार चढ्ने ।
नरेन्द्र रोकाया


सामान्य तरिकाले मनाउने सोचमा छु ।
मुक्तिनाथ चन्द


यसपालिको दसैंमा खुब रमाइलो गरिन्छ ।
तामाङ कान्छाराम


चाडबाडमा झै–झगडा धेरै हुने भएकाले सतर्क रहन्छु । आफूलाई शान्ति मन पर्छ ।
प्रशान्त अधिकारी


ठूलो गोजी भएको ज्याकेट लगाएर मामाघर जाने अनि त्यो गोजी पैसाले भरेर फर्कने विचार छ ।
उदय अधिकारी

प्रकाशित: आश्विन २३, २०७३