मनोरञ्जन
सधैं असफल प्रेमी
करिब डेढ दर्जन म्युजिक भिडियोमा अभिनय गरेका पश्चिम नेपालका पुष्पराज तिमिल्सिना विगत दुई वर्षदेखि कला क्षेत्रमा सक्रिय छन् । अधिकांश म्युजिक भिडियोमा उनले असफल प्रेमीको भूमिका निर्वाह गरेका छन् ।
आधुनिक तथा लोक शैलीका भिडियोमा असफल प्रेमिको छवि बनाएका पुष्पराजले केही साताअघि छायांकन प्रारम्भ भएको चलचित्र ‘मोहिनी’ बाट अभिनेताका रूपमा पदार्पण गर्ने अवसर पाएका हुन् । संयोगको कुरा के छ भने जीवनकै पहिलो चलचित्रमा समेत पुष्पराजले प्रेमिकाबाट धोका पाउने प्रेमि अर्थात् अभागी प्रेमीकै भूमिका निर्वाह गर्नु परेको छ । रोवेश आचार्यद्वारा निर्देशित त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रमा पुष्पराजलाई नायिका दिपमाला महर्जनले साथ त दिएकी छिन् तर चलचित्रको क्लाइमेक्ससम्म पुग्दा दिपमाला अर्कैको अँगालोमा पुगिसकेकी हुनेछिन् ।