मनोरञ्जन

सनीको इमेज चेन्ज

- एजेन्सी


सनी लियोनी भन्नेबित्तिकै उनको हट एन्ड बोल्ड फिगर आँखाअगाडि नाच्न थाल्छ । उनका चलचित्र हेर्ने दर्शकले केही बोल्ड दृश्यको चाहना गर्छन् ।

सनीबाट अन्तरंग सिनको अपेक्षा गर्ने दर्शकले उनको आगामी चलचित्र ‘बेइमान लभ’ मा भने त्यस्ता दृश्य हेर्न पाउनेछैनन् । हुन त यो चलचित्रको नाम नै बेइमान लभ छर चलचित्रको शीर्षकअनुरूप कहीं न कहीं प्रेम, धोका वा रिलेसनसिपको कुरा आउनुपर्ने हो, तर चलचित्रका निर्देशकराजीव चौधरीका अनुसार यो चलचित्रमा सनी फरक रूपमा प्रस्तुत हुनेछिन् ।

सनीको नाम लिनेबित्तिकै उनको जुन चरित्र सम्झिइन्छ, त्यसको ठीक विपरीत भूमिका छ, निर्देशक चौधरी भन्छन्– यो चलचित्रमा सनी बिजनेस वुमनको भूमिकामा छिन् । डार्क म्युजिकल थ्रिलर श्रेणीको यो चलचित्रले सनीको पहिचान बदल्नेछ । चलचित्र बेइमान लभमा सनीका श्रीमान्ले समेत अभिनय गरेका छन् । निर्देशक चौधरीको दाबीअनुसार अभिनयका हिसाबले पनि सनी अब्बल नायिका हुन् भन्ने कुरा यो चलचित्र हेरेपछि प्रमाणित हुनेछ ।

 

प्रकाशित: जेष्ठ ३, २०७३