ट्राभल एण्ड लिजर

जाजरकोटको ठूलो दरबार

- साप्ताहिक संवाददाता


जाजरकोटको सदरमुकाममा करिब २ सय ७० वर्ष पुरानो दरबार छ, जसलाई ‘ठूलो दरबार’ अर्थात् ‘जाजरकोट दरबार’ का रूपमा चिनिन्छ ।

अहिले जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबार विक्रम संवत १८०० तिर तत्कालीन राजा हरि शाहले निर्माण गरेका हुन् । दुई तलाको उक्त दरबारभित्र धार्मिक कलाकृति कुँदिएका झ्यालढोका छन् । माटोले बनेको यो दरबारमा आकर्षक काष्ठकलाको नमुना फेला पार्न सकिन्छ । अहिले उक्त दरबार जीर्ण बन्दै गएको छ । 

 

प्रकाशित: जेष्ठ २, २०७३