मलाई मन पर्छ
स्वयम्भूको संरचना र बनावट नै राम्रो
सिर्जना सुब्बा, रंगमञ्च कलाकार
मन्दिर
स्वयम्भूनाथ
मलाई स्वयम्भूनाथको मन्दिर मन पर्छ, किनभने त्यहाँ अन्य मन्दिरको जस्तो कोलाहल हुँदैन । मलाई स्वयम्भूको संरचना र बनावट मन पर्छ ।
खाना
नेपाली खाना
दालभात तरकारी त भैहाल्यो, तर मलाई कोरियन र चाइनिज खाना पनि मन पर्छ ।
ठाउँ
रारा, मुगु
सबैभन्दा हाइटमा ताल छ । ठाउँ विकट भए पनि सम्भावना धेरै छ । त्यहाँको मनोरम दृश्यमा रम्न मन लाग्छ ।
अभिनेता
सौगात मल्ल
थियटरको गरिमा सौगातजस्ता प्रतिभाशाली कलाकारका कारण बढेको छ । सौगातको कामगराइलाई म सयमा सय नै अंक दिन्छु ।
अभिनेत्री
गौरी मल्ल
समय र उमेरसँगै उहाँको अभिनय सुहाउँदो किसिमको पाउँछु । उहाँको काम गर्ने शैली मन पर्छ ।
चलचित्र
माई लेफ्ट फुट
यो चलचित्रको कथा मलाई एकदमै मन परेको छ ।
पुस्तक
द सेकेन्ड सेन्स
महिलासम्बन्धी यो पुस्तकबाट धेरै शिक्षा लिन सकिन्छ ।
गीत
भरे फेरि एकान्तमा रुनु त छँदैछ
नारायण गोपालको यो गीत म एकदमै सुन्छु । राति २/३ पटकसम्म सुन्छु अनि मन बुझाउँछु ।
गायक
प्रेमध्वज प्रधान
कारणचाहिँ नभनौं ।
गायिका
रिमा गुरुङ
उहाँको भ्वाइसमा निखार पाउँछु । गाउने शैली राम्रो छ ।
सवारी
स्कुटर
आफ्नो स्कुटर त मन पर्ने कुरा भैहाल्यो नै तर भविष्यमा स्कारपियो लिने सपना छ ।
मौसम
गर्मीमा जाडो, जाडोमा गर्मी ।