कार्यक्रम
आगामी शनिवार पुल पार्टी
आगामी जेठ १ गते होटल शेहेन्शामा ‘सान मिगेल लस्सियस वेट डेस्टिनेसन’ पुल पार्टिको आयोजना हुने भएको छ ।
उक्त पुल पार्टिमा गायकहरू सुगम पोखरेल तथा नवाज अनसारीले आफ्नो प्रस्तुति दिनेछन् भने डिजे रूपेश, अजेन, फ्रिस्टाइल ब्रोडाज, तथा डिजे किस्मतको पनि प्रस्तुति रहनेछ । सान मिगेलले सुगम पोखरेल तथा नवाज अनसारीसँग मिलेर आफ्नो गीत अवस्था केहि दिन अघि सार्वजनिक गरेको थियो ।
गोर्खा ब्रुअरीका बजार–व्यवस्थापन प्रमुख बैभव शर्माले भने– सान मिगेल बियरले मित्रता र साथीभाइको साथको प्रतिनिधित्व लामो समयदेखि गर्दै आएको छ । हामीले यस अवस्थाको दोस्रो पाटो प्रस्तुत गर्दै यो कार्यक्रमको आयोजना गरेका हौं । सान मिगेलले यो वर्ष ‘हल्का रमाइलो अवस्था’ कार्यक्रमलाई प्रस्तुत गरेको थियो जसमा मित्रता र साथीहरूको साथलाई ध्यानमा राखिएको छ ।