टिप्स

भस्त्रिका प्राणायाम

- लोकनाथ खनाल


    कुनै एक ध्यान आसन (सुशासन, सिद्धासन, पद्मासन, बज्रासन) मा बस्ने ।
    ढाड, कम्मर, घाँटी तथा गर्दन सीधा राख्ने ।
    ज्ञान/ध्यान मुद्रामा लामो श्वास छातीभरि लिने र बिस्तारै छाड्ने ।
    भस्त्रिका प्राणायम अवस्थाअनुसार निम्न, मध्यम तथा तीव्र गतिमा गर्न सकिन्छ ।
    उच्च रक्तचाप, दम तथा मुटुका रोगीले बिस्तारै यो प्राणायाम गर्नुपर्छ ।
    युवा तथा सशक्त व्यक्तिले तीव्र गतिमा गर्न सकिन्छ ।    जाडोमा तीव्र र गर्मीमा बिस्तारै प्राणायाम गर्नु उपयुक्त हुन्छ ।
    ५ सेकेन्डमा श्वास लिने र ५ सेकेन्डमा छाड्ने गर्दा १२ आवृत्तिमा १ मिनेट र ६० आवृत्तिमा 

५ मिनेट हुन्छ ।
लाभ
    फोक्सो सबल भै दम तथा श्वासको समस्या ठीक हुन्छ ।
    ह्दयमा प्रशस्त शुद्ध प्राणवायु सञ्चारित भै मुटुको समस्या समाधान गर्छ ।
    रगत शुद्ध हुन्छ ।
    त्रिदोष सम हुन्छ र शरीरमा उत्पन्न हुने १३ प्रकारका अग्नि प्रदिप्त हुन्छन् । विशेषत: जठराग्नी (पाचनाग्नी) प्रज्वलित हुन्छ ।
    यो प्राणायाम कुण्डलिनी जागरणमा अत्यन्त सहयोगी छ ।
    यो प्राणायम बालबालिकाले २/३ मिनेट तथा वयस्कले ५ मिनेटभन्दा बढी गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित: वैशाख २८, २०७३