मनोरञ्जन
रोकिइन् दीपा
अभिनेत्री दीपाश्री निरौलाको चलचित्र निर्देशक बन्ने योजना केही समय पछि सरेको छ । ‘६ एकान ६’ तथा ‘वडा नम्बर ६’ को सफलतापछि निर्माण हुने चलचित्र ‘छ भने माया छपक्कै लाइदेऊ’ मार्फत दीपाश्री निर्देशकका रूपमा पदार्पण गर्ने समाचार सार्वजनिक भएको थियो ।
दीपाश्रीले पनि उत्साहित हुँदै धेरै जनाको बधाई खाइन् । अहिले आएर उक्त चलचित्रको निर्माण नै केही समयपछि सरेको छ । ‘हामीले एउटा नयाँ तर सशक्त विषय फेला पार्यौं, दीपाश्रीका अनुसार पहिले त्यही विषयमा चलचित्र निर्माण गर्ने निर्णय भयो । आफूले निर्देशन गर्न लागेको भन्दा उत्कृष्ट विषय फेला परेकाले दीपाश्रीले आफ्नो निर्देशनको प्रोजेक्टलाई केही समयका लागि पछाडि सारेकी हुन् । अहिले फेला परेको विषयमा निर्माण हुने चलचित्र २०७३ सालको दसैंमा प्रदर्शनमा आउने बताइन्छ ।