मनोरञ्जन

भड्किइन् रविना

- एजेन्सी


कुनै समयकी लोकप्रिय अभिनेत्री रविना टन्डनको एक भिडियो भाइरल भएको छ, जसमा उनी मिडियाप्रति भड्किएको देखिन्छ ।

ट्विटरमा बाबा जिनोम नामको एकाउन्टमा रविनाको ९ सेकेन्डको एउटा भिडियो सेयर गरिएको छ, जसमा उनले प्रेस स्वतन्त्रताविरुद्ध आपत्तिजनक बयान दिएकी छिन् । रविनाका अनुसार उक्त भिडियो ४ वर्ष पुरानो हो । त्यतिबेला उनी शोभना सेवन नाइट्सको छायांकनमा थिइन् ।

लगातार पाँचवटा ट्विट गर्दै त्यो भिडियोका बारेमा आफ्नो पक्ष राख्ने रविनाका अनुसार उक्त भिडियो ठट्टाका लागि खिचिएको थियो । त्यो चिट गरिएको दृश्य थियो । रविनाले भनेकी छिन्– ‘उक्त भिडियो हेर्दा मलाई पनि हाँसो लाग्छ, त्यो रमाइलो वातावरणमा मजाक गर्दै बनाइएको भिडियो थियो ।’

 

प्रकाशित: माघ १०, २०७२