पहिलो विश्व

महिलाको पनि दार्‍ही


पुरुषहरूले दार्‍ही पाल्दै आएको त सबैले देखेकै कुरा हो, तर महिला अनुहारमा दार्‍ही उमि्रएको कुरा सुन्दा अचम्म लाग्नु स्वभाविक हो । हरनाम कौर नामक एक भारतीय महिलाले दार्‍ही पाल्दै आएकी छिन् । 'दार्‍हीकै कारण म आफूलाई एकदम सेक्सी मान्छु ।' २४ वर्षीया हरनाम भन्छिन्, 'कोही त भेटिनेछ जसले मलाई चोखो माया गर्नेछ ।' ११ वर्षको छँदा उनको अनुहार, छाती र पाखुरामा एक्कासी रौं उमि्रन थाले । मुहारमा दारी उमि्रएपछि उनलाई पीडा महसुस भएको थियो । उनले केही समय दारी काटिन् तर, शिख धर्मावलम्बी भएकाले पाल्नैपर्ने भयो । मानिसहरू उनलाई बोलाउँदा सर भनेर बोलाउँछन् तर जब उनको छातीमा आँखा पर्छ तब मानिसहरू चकित हुन्छन् । कतिपय स्थितिमा हरनाम आफैं पनि पुरुषको स्वर निकालेर मानिसहरूलाई झुक्याउँछिन् । अहिले हरनाम आफैंप्रति र आफ्नो दार्‍ही प्रति प्रेम एवं गर्व गर्छिन् ।

 

प्रकाशित: भाद्र १, २०७२