प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको शिव मन्दिरको प्राङ्गणमा ठूलो त्रिशूल स्थापना गरिएको छ । यसले नयाँ गन्तव्य थपेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । जमिनको सतहबाट साढे २६ फिट अग्लो तथा साढे ६ फिट चौडा उक्त त्रिशूल हौगल, ललितपुरका केदार ताम्राकारले बनाएका हुन् । ‘यो पोखराकै सबैभन्दा ठूलो त्रिशूल हो,’ विन्ध्यवासिनी महिला भजन समूहले व्यक्तिगत रूपमा रकम संकलन गरेर यो त्रिशूल स्थापनागरेको हो । उक्त त्रिशूलमा १ सय १० किलो तामा प्रयोग गरिएको छ ।
प्रकाशित: जेष्ठ २२, २०७२