मोडलिङ
पुरुष मोडलको चर्चा नै कम
रंगीन संसारमा होमिएपछि चर्चाको भर्याङ भने युवतीहरू नै चढछन् । कुनै पनि उत्पादनलाई जनसमक्ष पुर्याउने विज्ञापनमा महिलाको तुलनामा पुरुषको स्थान कमै हुने गरेको छ । पोखरामा २०११ मा सम्पन्न मिस्टर हेन्डसम प्रतियोगिताका विजेता निरज पन्त पनि म्युजिक भिडियो हुँदै चलचित्रमा समेत देखा परिसकेका छन् । मिस्टर नेपालमा समेत सहभागी भएर सेकेन्ड रनर्सअप भएका पन्त पनि पुरुष मोडलका लागि अवसर कम भएको स्वीकार गर्छन् ।
पोखरामा पुरुष सौन्दर्य प्रतियोगिताको उपाधि जितेका दीपक बानियाँ, सुबास पौडेल, वीरेन भण्डारी आदि दर्जनौ युवाले यो क्षेत्रलाई चटक्कै छाडे । कोही विदेश पलायन भए भने कोही अन्य पेसा व्यवसायतर्फ लागे । मनोरञ्जनसँग सम्बन्धीत वेबसाइटहरूले समेत युवकको तुलनामा युवतीहरूलाई नै प्राथमिकता दिए । युवक मोडलको फोटोसेसन बिरलै हुने गरेको छ । 'यो क्षेत्रमा निरन्तर लागिरहेका छौं, ' दर्जनौ म्युजिक भिडियोका मोडल मिलन शंकर भन्छन्, 'तर हाम्रो चर्चा भने कहिल्यै हुँदैन ।'