डेनमार्कमा ज्योति
नाच्दै गीत गाएकी ज्योतिले उपस्थित दर्शकलाई पर्याप्त मनोरन्जन प्रदान गरिन् । बुधबार काठमाडौं ओर्लिएपछि उनले भनिन्- 'मेरा सबै गीतमा दर्शकले मज्जा लिनुभयो ।' डेनमार्कको उक्त शोमा गायक शिव परियार तथा गायिका मिलन अमात्य पनि आकर्षणको केन्द्र रहे । परियारले आफ्ना हिट नम्बरहरू प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरे भने मिलनले पनि दर्शकहरूलाई नचाउन कुनै कसर बाँकी राखिनन् ।