फेसन

सेलिब्रेटी ड्रेस

दिया मास्के, रंगकर्मी/अभिनेत्री

क्याजुअल तथा ट्रेन्डी पहिरनमा हिँड्न मन पराउँछिन्— दिया मास्के । सुटिङमा चाहिँ कथाअनुरूप पहिरन लगाउनुपर्ने भएकाले आफूले चाहेको पहिरन लगाउन नसकिने दिया बताउँछिन् । नियमित पहिरनमा उनलाई जिन्स पेन्ट र टप्स असाध्यै मन पर्छ । पार्टी तथा पारिवारिक भेटघाटमा चाहिँ सारी तथा ह्याभि मेटेरियल भएको वानपिस तथा सारीमै सहभागी हुने गरेकी छिन् ।
कलाकार मास्के पहिरनमा खासै ब्रान्ड कन्सियस पनि छैनन् । उनको सपिङस्थल यही हो भन्ने छैन । मन पर्‍यो भने फुटपाथमा पनि सामान किन्ने दिया बताउँछिन् । पहिरन फेसनेवल तथा समयअनुसारको हुनुपर्ने दियाले बताइन् ।
दिया केशको खासै स्टाइल बनाउँदिनन् । केश छोडेर हिँड्न मन पराउने दियाले विशेष समारोहहरूमा चाहिँ पफ उठाउने गरेकी छिन् । दिया प्राय:जसो पोनी बाँधेर सिम्पल रबर ब्यान्ड लगाउँछिन् । दियासँग मेकअपका सामानहरूचाहिँ ब्रान्डेड छन् । अनुहार जस्तो कुरामा ध्यान दिनुपर्ने भएकाले अन्य सामान कमसल क्वालिटीको भए पनि श्रृंगार प्रसाधनचाहिँ ब्रान्डेड नै खरिद गर्छिन् । उनलाई आँखाको गाजल र लिपजेल असाध्यै मनपर्छ ।
प्रकाशित: मंसिर २६, २०७१