चर्चित गायक दाजुभाइ सत्यराज र स्वरूपराज आचार्यले बुटवलका संगीतपारखीहरूलाई सोमबार आफ्नो प्रस्तुतिमार्फत झुमाए । डार्सिज इन्टरनेसनल होटलमा रोटरी तथा रोट्रयाक्ट क्लब बुटवल साउथको आयोजनामा साँझपख सुरु भएको 'टेन्सबर्ग रोटरी नाइट'मा गायकद्वयले एकल र युगल प्रस्तुतिमार्फत सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरे । कार्यक्रममा दृष्टिविहीन गायक उत्सव नेपालले पुराना आधुनिक गीत गाएर सहभागीहरूको मन जितेका थिए ।
प्रकाशित: मंसिर २६, २०७१