अब हाम्रो पालो

देहव्यापारलाई कानुनी मान्यता दिनुपर्छ कि पर्दैन ?

कानुनी मान्यता दिइयो भने त बरबादै हुन्छ । त्यसै त अहिले इन्टरनेटमा उपलब्ध अश्लील सामग्रीका कारण किशोरवयका केटाकेटीहरू कुलतमा फसेका छन्, त्यसमाथि देहव्यापारलाई नै वैधानिक बनाइयो भने के होला - सोचौं है ।
      - निशु मिश्र
दिए हुन्छ केही फरक पर्दैन । पैसा हुनेहरू त जाने हुन् नि ।
      - कमलेश
जुवालाई क्यासिनोको नाममा अनुमति दिन हुन्छ भने देहव्यापारलाई मात्र किन रोक्ने -
      - कपिल
दिंदा के फरक पर्ला र - बरु कहिलेदेखि दिइन्छ, यसो ब्रेकिङ न्यूज हान्नुस् न ।
      - राजु
समाजमा विकृति आउँछ, दिनु हुँदैन ।
      - रमेश तामाङ
अन्यत्रको पनि अनुभव हेर्ने कि - देहव्यापारले कानुनी मान्यता पाएका मुलुकहरूमा यौनजन्य अपराधको स्थिति के छ - के त्यहाँका मानिसहरू त्यस्तो कानुनबाट सन्तुष्ट छन् - भन्ने कुराको गहिरो अध्ययन गरेर मात्र निर्णयगर्नु उचित होला ।
      - शैलेन्द्र
दिनुपर्छ, देहव्यापारलाई कानुनी मान्यता दिने हो भने भारतका अँध्यारा गल्लीहरूमा बेचिन बाध्य नेपाली चेलीहरूको कारुणिक चित्कार सुन्नु पर्दैनथ्यो कि -
      - रविन्द्र
दिनुपर्छ, देहव्यापारलाई मान्यता दिनुका साथै 'सेक्स टुरिज्म' को अवधारणामा पनि खुल्ला बहस चलाइनर्ुपर्छ ।
      - सन्तोष
थाइल्यान्डको सिको गरौं न । बैंकक पुग्ने नेपालीहरूको टाउको गने भैहाल्यो नि । सबै व्यापार गर्न मात्र त्यहाँ पुगेका छन् र -
      - श्यामसागर
हाम्रो जस्तो परम्परामा बाँचेको मुलुकमा यस्ता कुरा स्वीकार्य होला कि नहोला - देहव्यापारलाई मान्यता दिनुअघि गहन अध्ययन गरिनुपर्छ ।
      - प्रशान्त
नदिँदा त यस्तो छ, दिए कस्तो होला -
      - शिवराज
देहव्यापार नै गर्नुपर्ने के बाध्यता हो त्यस्तो - अरू कुनै कानुनले मान्यता दिएको व्यापार पनि त गर्न सकिन्छ नि । यौनलाई व्यापारमा परिण्ँत गर्न कानुनी मान्यता चाहिन्छ भन्दा मान्यता पाइन्छ भने चेलीबेटी बेचबिखन गर्ने दलालले पनि चेलिबेटी बेचबिखन गर्न कानुनी मान्यता चाहियो भन्लान् । शरीर बेचेर होइन दिमाग चलाएर जिउन सिक्नुपर्छ । कला बेचेर जिउन सिक्नुपर्छ ।
      - आशिक दुर्लभ
दिँदा राम्रै हुन्छ । कतै देशमा भैरहेको बलात्कारजस्तो जघन्य अपराधमा कमी पो आउने हो की -
      - बाबा मगर
दिनु हुँदैन । चेलीबेटीको बेचबिखन बेचबिखन बढ्छ ।
      - रञ्जना ढकाल, अप्सरा खत्री
मेहनत गर्ने, पसिना बगाउने कुरामा हौसला दिनुपर्छ । कहाँको यस्तो विकृति ल्याउने कामलाई प्रोत्साहित गर्नु -
      - असीम तामाङ
अवश्य दिनुपर्छ तर प्रभावकारी कानुन बनाएर निश्चित क्षेत्र तोक्नुपर्छ ।
      - प्रदीप गोले
देशलाई उन्नतितर्फलान व्यापारलाई अपार बनाउनमा जोड दिनुपर्छ । यस्तो काममा लाग्न प्रेरित गर्नु हुँदैन ।
      - अशोक
मान्यता दिए पनि, नदिए पनि कैयौं महिलाले जीउ बेच्न छाडेका छैनन् । छाड्लान् जस्तो पनि लाग्दैन ।
      - सोनी माझी
कानुनी मान्यता दिने हो भने नेपाल फिलिपिन्स बन्न बेर लाग्दैन । बेरोजगारहरू यतातिर लाग्छन् ।
      - सोहन लिम्बू
प्रकाशित: मंसिर ५, २०७१