फेसन शो

टाँडीमा फेसन शो

चितवन
चिसो बढ्दै छ तर संगीतपारखीहरूलाई चिसोको कुनै परवाह छैन । सोमबार साँझ टाँडीको हंस मनोरञ्जन केन्द्रमा जम्मा भएकाहरूको पोसाकले त्यस्तै संकेत गरेको थियो । मजबज म्यागजिनद्वारा आयोजित प्रि-विन्टर फेसन शो तथा डान्समा दर्शकको भीड राम्रै जमेको थियो । कार्यक्रमको सुरुवात स्थानीय नेटिस्ट ब्यान्डले गरेको थियो । उक्त अवसरमा रोमी खड्गीको कोरियोग्राफीमा नारायणगढका मोडलहरू र्‍याम्पमा प्रस्तुत भएका थिए । फेसन शोमा रमाएका दर्शकलाई गायक सुगम पोखरेल, सञ्जीव सिंह तथा बादल प्रसार्इंले आ-आफ्नो प्रस्तुतिमार्फ नचाए भने दीपेन साह र महादेव त्रिपाठीले हँसाएर मनोरञ्जन प्रदान गरे । त्यस्तै डिजे जी वान र डिजे बिले दर्शकको मन डान्सिङ नम्बरहरू बजाएर जित्ने काम गरे ।
प्रकाशित: मंसिर ५, २०७१