बिगबोसमा किम ?

लोकप्रियता घट्दै गएको कलर्स च्यालनको कार्यक्रम 'बिग बोस' मा अमेरिकी सेल्रि्रेटी किम कार्दशिन सहभागी हुने समाचारले भारतीय सञ्चारमाध्यम रंगिएका छन् । अमेरिकी टेलिभिजनकर्मीका रूपमा लोकप्रिय किम कामुक फोटोसेसनका कारण बेला बेलामा चर्चामा आइरहने सेल्रि्रेटी हुन् । कलर्स च्यानलले किम बिग बोसमा सहभागी हुने खबर पुष्टि गर्दै कार्यक्रममा उनी साडी लगाएर प्रस्तुत हुने तथा प्रतियोगीहरूसँग केही समय बिताउने बताएको छ । किम भोलि शनिबार बिगबोसको घरमा देखिने कार्यक्रम छ । भनिन्छ, किम एउटा अन्तर्रराष्ट्रिय ब्रान्डको परफ्यूमको उद्घाटनका लागि भारत आउँदैछिन् । भारत भ्रमणकै क्रममा उनी बिगबोसको घरमा आउन लागेकी हुन् । बिगबोसको घरमा उनले कति समय बिताउनेछिन् भन्ने कुरा भने सार्वजनिक गरिएको छैन ।

गायिकाको कडा टिप्पणी
आफ्नो नयाँ एल्बम 'सङ्स अफ इनोसेन्स' लाई पूर्वसूचनाबिना आइट्युन्समा स्वचालित शैलीमा अपलोड गरेका कारण युटु ब्यान्ड संगीतकर्मीहरूको आलोचना भैरहेको छ । यो प्रकरणमा ब्यान्डका गायक बोनोले माफीसमेत मागिसकेका छन् । ब्यान्डको उक्त क्रियाकलापप्रति टिप्पणी गर्दै गायिका सिनेड ओ'कोन्नरले यूटु ब्यान्डको त्यस्तो कार्यलाई आतंककारीको संज्ञा दिएकी छिन् । 'उनीहरूले आईट्युनका लागि जे गरे, त्यो अत्यन्त निन्दनीय छ ।'
प्रकाशित: मंसिर ५, २०७१