फेसन
सेलिब्रेटी ड्रेस
सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल
नारीको सौन्दर्यलाई निखार दिने भनेको श्रृंगारले हो त्यसैले मेकअपमा पनि म त्यति नै ध्यान पुर्याउँछु, तर नेचुरल मेकअप नै मेरो रोजाइमा पर्छ । मस्कारा, नेचुरल सेटकोध लिपिस्टिक मलाई मन पर्ने मेकअप आइटम हुन् । मेकअपलाई म पहिरनकै महत्वपूर्ण पाटो मान्छु । त्यसैले मसँग आफूलाई मन पर्ने ब्रान्डका कस्मेटिक हुन्छन् । मेरो हेयर स्टाइल सामान्य हुन्छ । केश छोडेको मन पर्ने भएकाले प्राय: यही स्धटाइलमा हुन्छु । एसेसरिजमा कोवोल्टको घडी लगाउँछु । ह्यान्ड व्याग ब्रान्डेड नै हुनुपर्छ भन्ने छैन । मलाई सुन मन पर्दैन तर, एन्टिक सिल्भर ज्वेलरी वा ह्वाइट गोल्डका गहना असाध्यै मन पर्छन् । चाँदी मलाई मन पर्ने धातु हो । मन पर्ने ब्रान्ड भएकाले रेवनकै चस्मा लगाउँछु । मानिसले आफ्नो व्यक्तित्वमा ध्यान दिन सक्नुपर्छ तब मात्र उसको पहिचान हुन्छ भन्ने मेरो मान्यता छ । व्यक्तित्वको अर्थ बुझेको मानिसले सधैं समयअनुकूल पहिरन लगाउन सक्नुपर्छ ।