लभमन्त्र
दिलीप रायमाझी, नायक
- प्रेम लङ्लास्टिङ बनाउन सबैभन्दा पहिले आफ्नो जिद्दीपन छाड्नुपर्छ । उनलाई मन नपर्ने बानीहरू क्रमश: उनलाई थाहा दिँदै त्याग्दै जानुपर्छ, जसले गर्दा उनले पनि आफ्नो खुसीका लागि आफूलाई त्यही साँचोमा ढाल्दै जान्छिन् ।
- उनलाई झर्को लाग्ने कुरा गर्नु हुँदैन । उनलाई मन पर्ने कुरा मात्र गरिरहनुपर्छ अनि मात्र उनले पनि आफूलाई मन पर्ने कुरा गर्छिन् ।
- आफूमा कुनै अम्मल छ भने त्यसको जानकारी गराउनु राम्रो हुन्छ । पक्कै पनि उनले त्यो अम्मल छाड्न कर गर्छिन् । अम्मल उनीबाट लुकाएर गरियो र पछि थाहा भयो भने सम्बन्धमा समस्या उत्पन्न हुन्छ ।
- यदि उनका बारेमा केही सुनियो भने उनीबाटै स्पष्ट हुनुपर्छ । अर्काको कुरा सुनेर सम्बन्ध बिगार्दा पछि पश्चाताप हुन सक्छ ।