भदौ २० गते साप्ताहिकको ब्लोअपमा अनु शाहले दिएको पोजलाई ७१ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ। उक्त ब्लोअपलाई राम्रो भन्नेमा १८, सामान्य भन्नेमा ६ तथा मन परेन भन्नेमा ५ प्रतिशतले मत जाहेर गर्नुभएको छ। ९ वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन। साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा क्द्य टाइप गरेर आफूलाई मन परेको A, B, C वा D मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ। सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट गोला प्रक्रियाका माध्यमबाट एक जना विजेता छनौट गरी तीन महिनाका लागि नि:शुल्क रूपमा साप्ताहिक उपलब्ध गराइनेछ। गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीहरूमध्येबाट मोबाइल नम्बर ९८४२७३०८७४ विजेता हुनुभएको छ ।
प्रकाशित: भाद्र २७, २०७१