सुवास थापाको कुराले मन छोयो।

सुनील सापकोटाजी, तपाईंले समाजको हित हुने काम गर्नुभएको छ। (सर्पका सारथि, भदौ २०) आफ्नो बेग्लै पहिचान बनाउन सफल भएकोमा धेरै खुसी लाग्यो। अरू युवाले पनि तपाईंको बाटो पछ्याउन्— शुभकामना छ।
      - अग्नम देउसा राई, प्रकाश जोशी
सुवास थापाको कुराले मन छोयो। (श्रीमतीको खुट्टा समाएर ढोगें, भदौ २०) म पनि कला प्रेमी मानिस हुँ। हाम्रो सुन्दर नगरी इलाममा चलचित्र घर छैन। बाध्य भएर सिडीमार्फत चलचित्र हेर्नुपर्छ। कि त बाहिरका जिल्ला जानुपर्छ।
      - प्रेम केसी, इलाम
बिना बोसोको मासु खाँदा स्वाद अर्कै लाग्यो। (अस्टि्रच र्फम, रूपन्देही, भदौ २०) हेर्दाचाहिँ सुकेको सालको बोक्राजस्तो हुँदो रहेछ।
      - कमल भण्डारी
बेरोजगार भएपछि यस्तै हो। (चोरले सिकाए चोरीबाट बच्ने उपाय, भदौ २०) कुनै काम पाएको भए त यस्तो काममा लाग्नु पर्दैनथ्यो नि।
      - जीवन आचार्य
समसामयिक र जल्दाबल्दा विषयलाई साप्ताहिकले विशेष स्थान दिनुपर्‍यो।
      - दीपेन्द्र श्रेष्ठ
समग्रमा साप्ताहिक राम्रो छ। त्यस्तो चित्त नबुझ्ने केही पनि छैन।
      - सन्जीव घिमिरे
साप्ताहिकको दोस्रो पेजमा प्रकाशन हुने स्तम्भमा धेरै लाइक्स पाएका तस्बिर तथा स्टाटसहरूलाई स्थान दिनुपर्‍यो।
      - कुसुम राना
साप्ताहिकमा रोचक तथा विज्ञानका रमाइला कुरा पढ्न पाउनुपर्‍यो।
      - रेनुका क्षेत्री
सूचना तथा प्रविधिका यस्तै विषयहरूमा जानकारी दिँदै जानुहोला। (प्ले स्टोरको विकल्प एप्स झोला, भदौ २०) तर यो एप्स कसरी डाउनलोड गर्ने ?
      - कोविद कार्की, सौरभ राई
सुदूरपश्चिममा पनि म्युजिक भिडियो सुटिङ भएकोमा खुसी लाग्यो। (डडेलधुरामा भिडियो, भदौ २०)
      - आकांक्षा
साप्ताहिकले राजधानीकेन्दि्रत समाचारलाई प्राथमिकता दिएको पाइन्छ। यसमा सुधार ल्याउनुपर्छ। सबै क्षेत्रलाई उत्तिकै स्थान दिनुपर्‍यो।
      - यम दोलखाली
प्रकाशित: भाद्र २७, २०७१