खेलकुद
अबको छ महिना महत्त्वपूर्ण
नेपाली क्रिकेट अब केमा केन्दि्रत हुनेछ ?
अबको छ महिना नेपाली क्रिकेटका लागि अत्याधिक महत्त्वको हुनेछ। यसबीच हामी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का दुई ठूला प्रतियोगिता खेल्दैछौं। त्यसमा सफलता हात पार्न सक्नुपर्छ, होइन भने नेपाली क्रिकेट तीन वर्ष पछाडि धकेलिनेछ।
ती प्रतियोगिता कुन-कुन हुन् ?
नेपालले सुरुमा आईसीसी डिभिजन-थ्री खेल्नेछ। त्यसको शीर्ष दुईमा रहे, हामी डिभिजन-टुमा पुग्नेछौं। त्यसमा पनि राम्रो गरे सन् २०१५ मा हामीले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा फोर-डे प्रथम श्रेणी आईसीसी अन्तरमहादेशीय कपमा सहभागिता जनाउन पाउनेछौं।
डिभिजन थ्रीमा हाम्रो सम्भावना कस्तो छ ?
डिभिजन-थ्रीमा नेपाल बलियो छ, तर डिभिजन-टु मा केन्या, नामिबिया जस्ता टिम छन्। उनीहरूसँग लामो समय वान-डे खेलेको अनुभव छ। उनीहरूको सामना गर्न विशेष र फरक प्रशिक्षणको आवश्यकता पर्नेछ।
पहिलो चुनौती त डिभिजन थ्रीमै छ नि होइन ?
हाम्रो पहिलो लक्ष्य डिभिजन-थ्री नै हो। मैले पूरा ध्यान यसमै केन्दि्रत गरेको छु। एसियाली खेलकुदपछि हामी यसैमा केन्दि्रत हुनेछौं।
फेरि नेपाल र्फकनुको कारण ?
नेपाली क्रिकेटभन्दा ठूला कोही पनि छैनन्, न खेलाडी न प्रशिक्षक। म यहाँ फेरि नेपाली क्रिकेटका लागि काम गर्न आएको छु, दुई सय प्रतिशत योगदान दिन आएको छु।'